नारायण न्यौपाने-जग नक्सा अनुसार नभएपछी फेरी पुलको निर्माण थालिएको छ । जिल्लाको रामपुर र स्याङजाको चापकोट जोड्ने पुलको जगनै नक्सा अनुसार नभएको र कमशल सामग्री प्रयोग गरेको भेटिएपछी पुनः काम गर्न लगाएको सडक विभाग पाल्पाका प्रमुख केदार प्रसाद नेपालले बताए । ‘अनुगमन गर्दा नक्सा अनुसारको काम भएको देखियन, सामग्रीहरु पनी कमशल प्रयोग भएको भेटिएपछी जगको काम पुन गर्न भनेका छौँ’, नेपाललले भने, ‘काम हुदै छ ।’
पुल निर्माणको ठेक्का सम्झौता भएको ८ बर्ष पुग्दा समेत जग नबनेको हो । २०६८ असारमा ७१÷७२ मा निर्माण सम्पन्न हुने गरी एसबिए एलिट जेभि कम्पनी काठमाण्डौले भ्याट बाहेक १५ करोड ६८ लाख १३ हजार रुपियामा पुलको निर्माण ठेक्का लिएको थियो । जग परिवर्तन गर्नुपर्ने भएकाले पुल निर्माण अन्योलमा छ ।
रामपुरको निर्दिमघाट र चापकोट जोड्ने कालिगण्डकी नदिमा निर्माणधिन अवस्थामा रहेको पुलको पनी जगनै नक्सा बिपरीत भएकोले रिभ्यूमा राखीएको छ । १२ करोड ४७ लाख ८८ हजार रुपियामा कन्काइ नेपाल प्रगती मिलेनियम विल्डर्स जेबि कम्पनी काठमाडौले ७२ साल कार्तिकमा निर्माण सम्पन्न गर्ने गरि २०६८ सालमा ठेक्का लिएको पुलको हालत पनि उस्तै छ ।
कचल खोला पुल, तिनाउ खोला पुल, झुम्सा खोला पुल र गौरघाट खोला पुल चालु आर्थक बर्षमा सम्पन्न हुने सडक विभाग प्रमुख नेपाललले बताएका छन ।
यता कालिगण्डकी नदिमा हँुगि र चापकोट जोड्ने हुँगिघाट पुल निर्माण सम्पन्न भएपननि प्रयोगमा आउन सकेको छैन । ‘चापाकोट तर्फ २ किमि सडक बन्नुपर्ने भएकाले पुल प्रयोगमा नआएको हो, हामिले पुल बनाएर त सकेम तर पुल तरेर पारी पुगेछि अन्त निष्कने बाटो बनेको छैन,’ नेपालले भने, ‘सडक बनेपछी पुल प्रयोगमा आउछ ।’
रानिघाटमा स्थित कालिगण्डकीमा ७४ असारमा निर्माण सम्पन्न हुनुपर्ने रानिघाट पुल पनि बनेको छैन । त्यस्तै पाल्पाको हुँगि र स्याङजा जोड्ने हुँगि पुलको म्याद थप गरेर काम गरिएको छ । भुकम्प र भारतको नाकाबन्दीका कारण काममा ढिलाइ भएको पुल योजना पश्चिम क्षेत्र सेक्टर नं ४ पाल्पाका प्रमुख भिर्माजुन कँडेलले बताए । यम्घा, बर्दले र पुतरघाटमा पनि पुल निर्माण कार्य भइरहेको र सम्झौता अनुसार आगामि आर्थिक बर्षमा निर्माण सम्पन्न हुने कँडेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here