etajasawal.com

नारायण न्यौपाने पाल्पा, चैत्र ५ जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले लागु औषध सहित दुई जना युवालाइ तानसेनबाट पक्राउ गरेको छ । तानसेन नगरपालिका वडा नं. ४ हुलाकमोड बाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देही साबिक फरेना गाबिस वडा नं. ५ घर भई हाल पाल्पा तानसेन नगरपालिका वडा नं.४ मा डेरा गरी बस्ने वर्ष २० को सहाबुद्दिन नाँउ र २४ वर्षका मोह्म्द मियाँ रहेको पाल्पाका प्रहरी प्रमुख एसपी बिश्वमणी पोखरेलले जाकारी दिएका छन । ‘तानसेन नगरपालिका वडा न. ५ बस्ने वर्ष २४ को मोहमद मिँयासंग लागू औषध ब्राउन सुगर खरिद गरी बोकी हिडेको भन्ने सुचनाको आधारमा पक्राउ गरेका छौँ’, पोखरेलले भने, ‘प्र.नि.को कमाण्डमा टोली खटिई गई सहाबुद्दिन नाँउको शरिर खानतलाशी गर्दा निजको साथबाट २६ मिलिग्राम लागु औषध ब्राउन सुगर भेटिएको छ ।’ उनिहरुलाइ म्याद थप गरि अनुसन्धान गरिएको छ । पाल्पामा लागु औसधको कारोवार बढेको भन्दै प्रहरीले सक्रियता देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here